सहकारी ठगीको अभियोग खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा जिल्ला अदालतमा आफैँ हाजिर रविले न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास बयान दिएका हुन्।
पार्टी सभापति रविले बयान दिँदा रास्वपा सांसद सोविगता गौतम पनि इजलासमा उपस्थित भएकी छिन्। अधिवक्ता समेत रहेकी उनले रविको मुद्दामा बहस गर्ने या नगर्ने भन्ने चाहिँ निश्चित भइसकेको छैन।
858
Shares

प्रतिक्रिया