राजनीति


संसद् अहिलेसम्म किन बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा

संसद् अहिलेसम्म किन बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा

नेपालखबर
पुस २८, २०८१ आइतबार १४:२५, काठमाडौँ

पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन्।आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसद अधिवेशन नबोलाइएकोप्रति रोष प्रकट गरे। 

उनले आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको भएपनि अहिले यति ढिलो किन गरेको भन्दै प्रश्न गरे। ‘संसद् कुनैपनि देशको महत्वपूर्ण संस्था हो। यसबाट शक्तिशाली सुशासनको धेरै ठूलो सन्देश जाने गर्दछ,’ सापकोटाले भने, ‘हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ? पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ। त्यही संसद्बाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभमुखकै जन्म हुन्छ। त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन। म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ। यत्ति ढिला बोलाउने कुरा भएको छैन। के कारणले संसद् नबोलाइएको हो ? यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ। त्यो कारण पत्ता लागेको छैन।’

उपाध्यक्ष सापकोटाले आर्थिक, विकास र समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको चमत्कारिक विकास आवश्यक भएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad