राजनीति


आज काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थित हुँदै रवि लामिछाने

आज काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थित हुँदै रवि लामिछाने

नेपालखबर
पुस २६, २०८१ शुक्रबार ८:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। 

काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा परेकाले लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने भएका हुन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका रवि त्यहाँको जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार बेलुका मात्र रिहा भएका हुन्। 

उनलाई अदालतमा आफैँ हाजिर हुने सर्तमा कास्की प्रहरीले छाडेको हो। सोबमोजिम रवि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने उनको सचिवालयले जनाएको छ। 

लामिछानेको सचिवालयका एक सदस्यले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘आज हामी (रविसमेत) पोखराबाट काठमाडौँ फर्किंदै छौँ, भ्याएसम्म आजै अदालत उपस्थित हुने कुरा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad