कारोबार


लक्ष्मी सन्‌राइज बैंकले ५ प्रतिशत बोनस सेयर बाँड्ने

लक्ष्मी सन्‌राइज बैंकले ५ प्रतिशत बोनस सेयर बाँड्ने

नेपालखबर
पुस २५, २०८१ बिहिबार २१:७, काठमाडौँ

लक्ष्मी सन्‌राइज बैंक लिमिटेडले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।

बैंकको बिहीबार काठमाडौंमा सम्पन्न चौबिसौं वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी रु २४ अर्ब ३४ करोड पुगेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ।

आ.व. २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पुर्‍याएको सो बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ। सो आ.व.मा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad