राजनीति


चैत २४ देखि जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन थाल्ने

चैत २४ देखि जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन थाल्ने

नेपालखबर
पुस २३, २०८१ मंगलबार २१:४५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि राजधानी केन्द्रित संघीयताविरुद्ध आन्दोलन थाल्ने भएको छ।

मंगलबार अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव मनोज भट्टले सो जानकारी दिएका हुन्।

राष्ट्रिय जनमोर्चाले चैत २४ देखि ३० गतेसम्म राजधानीकेन्द्रित आन्दोलनको घोषणा गरेको जानकारी दिँदै उनले संघीयताको खारेजी, गणतन्त्रको रक्षा, भ्रष्टाचार उन्मूलन र सुशासनका लागि आन्दोलन गर्ने बताए।

राजधानी केन्द्रित आन्दोलनका लागि विभिन्न जिल्लामा भेला, बैठक, प्रशिक्षण लगायतका कार्यक्रम चलिरहेको भट्टले बताए।

‘आगामी चैत २४ देखि राजधानी काठमाडौंमा संघीयताविरुद्ध आन्दोलन थाल्दैछौँ’ भट्टले भने, ‘सुरुमा एक हप्ताको लागि कार्यक्रम तय भएको छ। सरकारको रवैया हेरेर आन्दोलन लम्बिन सक्छ।’

भट्टले नेपालको सन्दर्भमा संघीयता अफपसिद्ध भइसकेकोले त्यसलाई फाल्नुपर्नेमा जोड दिए।

पत्रकार सम्मेलनमा भट्टले हालसालैका विकसित घटनाक्रमलाई हेर्दा वर्तमान सरकारको आयु समाप्त हुन लागेको आशंका पनि गरे।

उनले केपी ओलीको सरकार टिक्छ भनेर चर्चा गरिरहनु र शेरबहादुर देउवाले धोका नदिने आश्वासन दिनु जस्ता गतिविधिले सरकारभित्र खिचडी पाकिरहेको दाबी गरे।

गत ९ वर्षमा नेपालमा ११ ओटा सरकार परिवर्तन भइसकेको र हालका घटनाक्रमले फेरि सरकार ढल्ने सम्भावना प्रबल भएको उनको भनाइ थियो।

महासचिव भट्टले सरकार र छिमेकी राष्ट्रबिचको सम्बन्धमा दुरी बढेको भन्दै चिन्ता व्यक्त गरे। बारम्बार हुने सरकार परिवर्तनले विदेशी हस्तक्षेपलाई निम्त्याउने खतरा रहेको तर्क पनि उनको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad