आफूले बोल्दाबोल्दै समिति सभापति बीचमै बोलेपछि कांग्रेस सांसद हृदयराम थानी रिसाएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा आफूले बोल्ने क्रममा सभापति रामहरि खतिवडा बीचमै बोलेपछि सांसद थानी आक्रोशित भएका हुन्।
आजको बैठकमा राज्य व्यवस्था समितिमा आएको उजुरीका सम्बन्धमा छलफल चलिरहेको छ। छलफलका क्रममा सांसद थानी आफ्नो पालोमा बोलिरहेका थिए।
त्यहीक्रममा उनले भने, ‘विधेयकहरु यसरी अड्काएर राख्नुहुँदैन। भ्रष्टाचार (अख्तियार) सम्बन्धी एउटा विधेयक आईसीयूमा गएको छ।’
थानीले यस्तो भन्ने बित्तिकै सभापति खतिवडाले बोलेपछि उनी आक्रोशित हुँदै नबोल्ने भनेर माइक बन्द गरे। यही विषय उठाउँदा अघिल्लो बैठकमा पनि सभापतिले आफूलाई बोल्नबाट रोको भन्दै थानी आक्रोसित भएका हुन्।
थानी राज्य व्यवस्था समितिका पूर्वसभापति समेत हुन्। आफू पहिले नै सभापतिको कुर्सीमा बसिसकेको भन्दै थानीले खतिवडालाई भनेका थिए, ‘तपाईं नै जान्नेसुन्ने, तपाईं नै बोल्नुहोस्।'
Shares

प्रतिक्रिया