नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सुरु भएको छ।
धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकको प्रारम्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो।
प्रचण्डको प्रस्तावमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय तोकिएको छ।
विगतका बैठकहरुमा समूह बनाएर राजनीतिक प्रतिवेदनमाथि छलफल गरिन्थ्यो। समूह नेताले बैठक हलमा छलफलका निष्कर्ष सुनाउने गर्दथे।
48
Shares

प्रतिक्रिया