आज सुनचाँदीकै मूल्य स्थिर छ। हिजो प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि सोही मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको बुधबार, बिहीबार र शुक्रबार गरेर तीन दिनमा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य हिजो घटेको थिजो। आज पनि सुनको मूल्य प्रतितोला एकलाख ५२ हजार रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।
गएको शुक्रबार एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ५३ हजार पाँचसय रुपैयाँ पुगेको थियो।
आज चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार प्रतितोला २० रुपैयाँ बढेर चाँदीको मूल्य एक हजार आठसय १० रुपैयाँ कायम भएको थियो। हिजो र आज पनि सोही मूल्यमा चाँदी कारोबार भइरहेको हो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
Shares

प्रतिक्रिया