कोसी प्रदेशको पर्यटकीय क्षेत्रमध्ये एक धनकुटाको भेडेटार चिसो बढेसँगै सुनसान छ।
धरानदेखि १६ किलोमिटर उत्तरमा पर्ने भेडेटारको मुख्य विशेषता भनेकै गर्मी मौसम्मी पनि चिसोको अनुभव गर्न पाउनु हो।
घाम र बादलको लुकामारीले भेडेटारमा निकै आनन्दित बनाउँछ। यो आनन्दको लाभ लिन कोसी प्रदेशको पूर्वी तराई र भारतका उत्तर प्रदेश, विहार लगायतका स्थानबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।
समुद्री सतहदेखि १,४२० मिटर उचाईमा रहेको भेडेटार आइतबार मौसम खुल्दा मुस्कुराएको थियो।
कोसी प्रदेश सरकारले भेडेटारलाई घुम्नै पर्ने ठाउँमा राखेको छ।







504
Shares

प्रतिक्रिया