लुम्बिनी विकास कोषका उपाध्यक्षमा डा. ल्हारक्याल लामा नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छन्।
माओवादी केन्द्रीय सदस्य रहेका लामा २०८० साउन २१ गते ५ वर्षका लागि कोषको उपाध्यक्षमामा नियुक्त भएका थिए।
पूर्वराज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य रहेका लामा विवादास्पद पृष्ठभूमिका मानिन्छन्। त्यसकै कारण तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले उनलाई कोषको उपाध्यक्षमा नियुक्त गर्दा आलोचना भएको थियो।
411
Shares

प्रतिक्रिया