राजनीति


तीनपटक कारबाहीमा परेका राना पहिलो नम्बरमा भए पनि छुटे डीआईजीमा

तीनपटक कारबाहीमा परेका राना पहिलो नम्बरमा भए पनि छुटे डीआईजीमा

नेपालखबर
पुस १८, २०८१ बिहिबार २१:५३, काठमाडौँ

नेपाल प्रहरीका ५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त ५ डीआईजीमा सिफारिस गरेको हो।

एसएसपीको पहिलो नम्बरमा भए पनि विवादित भएका कारण मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख ओम बहादुर राना भने बढुवामा छुटेका छन्।

राष्ट्रिय अनुसन्धान विभागबाट पछि नेपाल प्रहरीमा आएका राना विगतमा पटक–पटक कारबाहीमा परेका थिए। सोही कारण बढुवा समितिले उनलाई छुटाएर २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीबाट क्रमशः बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस हुनेमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन्।

पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागुऔषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखामा कार्यरत छन्।

एसएसपीमा उनीहरुभन्दा अगाडी भए पनि राना भने बढुवामा छुटेका छन्। राना २०६६ भदौ २१ गते कारबाहीमा परेका थिए। त्यतिबेला उनलाई २ वर्षका लागि बढुवा रोक्का गरिएको थियो।

त्यसको दुई वर्षपछि फेरि कारबाहीमा परे। २०६८ मंसिरमा २ ग्रेड २ वर्षका लागि रोक्का गरिएको थियो।

२०७८ असार १३ गते पनि उनलाई विभागीय कारबाही भएको थियो। रानाकै ब्याचीहरु भने यसअघि दुई चरणमा डीआईजी बढुवा भइसकेका छन्। आगामी चैतमा ती मध्ये केही एआईजी बन्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad