पार्टीबाट निकालिएपछि नेता भीम रावलले पहिलोपटक आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखेका छन्।
यस क्रममा उनले भाषणबाट मात्र होइन, कविताबाट समेत प्रधानमन्त्री ओलीको उछितो काढेका छन्।
‘सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि’, रावलले कविता वाचन गर्दै भने, ‘गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि!’
यस्तो छ रावलको कविता-
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ?
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा
भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो
यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हास गर्दछौ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ
Shares

प्रतिक्रिया