नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले चाहिँ माधव नेपाल र झलनाथ खनालसँग अध्यक्ष पदमा किन प्रतिस्पर्धा गरेको भनेर प्रतिप्रश्न गरेका छन्।
एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएपछि आगामी राजनीतिक यात्राबारे जानकारी गराउन भनी आज आयोजित पत्रकार सम्मेलनमा रावलले पार्टीको दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको सुनाउँदै उक्त प्रतिप्रश्न गरेका हुन्।
‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो’, रावलले भने, ‘तपाईं केपी ओलीले चाहिँ आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा किन प्रतिस्पर्धा गरेको?’
दसौँ महाधिवेशनमा अध्यक्ष उठेयता रावल ओलीको खेदाइमा परेका थिए।
Shares

प्रतिक्रिया