कारोबार


सेयरबजारमा ५ अंकको सुधार, डेढ सयवटा सेयरको मूल्य बढ्यो

सेयरबजारमा ५ अंकको सुधार, डेढ सयवटा सेयरको मूल्य बढ्यो

नेपालखबर
पुस १७, २०८१ बुधबार १५:१०, काठमाडौँ

सेयरबजारमा आज ५.१० अंकको सुधार देखिएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २५८१.६० विन्दुमा पुगेको हो। 

योसँगै आज ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ९४ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा यो परिमाणको कारोबार भएको हो। 

बुधबार १५० वटा सेयरको मूल्य बढेको छ भने ८८ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आजको कारोबारमा त्रिशूली जलविद्युत्को सेयरमा सकारात्मक सर्किट लाग्दा सेयरधनीले ५५.३० रुपैयाँ कमाएका छन्। 

यसबाहेक आत्मनिर्भर लघुवित्तको ९.९३ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ९.८३ प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ९.३६ प्रतिशत र जोशी हाइड्रोपावरको ९.२९ प्रतिशतले सेयर मूल्य बढेको छ। 

तर सपोर्ट माइक्रोफाइनान्सको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले मूल्य घटेसँगै यो कम्पनीका लगानीकर्ताले प्रतिकित्ता नै ३२२.८० रुपैयाँ नोक्सानी व्यहोरेका छन्। बाँकी कम्पनीको निकै कम दरमा मूल्य घटेको नेप्सेले जनाएको छ। 

सर्वाधिक कारोबारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अगाडि छ। कम्पनीको २१ करोडको कारोबार भए पनि बाँकी निकै कम कारोबार भएको छ। जानकी फाइनान्सको ९ करोड, त्रिशूली जलविद्युतको ९ करोड, प्रभु बैंकको ८ करोड र नेपाल फाइनान्सको ८ करोडको कारोबार भएको छ। 

बुधबार विकास बैंक, फाइनान्स, होटल र पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमालगायतका उपसूचक हरियो छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad