प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई मंगलबार सचिव नियुक्त गरेका हुन्।
सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त भएको पदमा सभामुख घिमिरेले आफ्नै गृहजिल्ला झापाका राईलाई सिफारिस गरेका थिए।
201
Shares

प्रतिक्रिया