राजनीति


शशांकले भने– कांग्रेसको महाधिवेशन चुनावपछि गर्नु उपयुक्त

शशांकले भने– कांग्रेसको महाधिवेशन चुनावपछि गर्नु उपयुक्त

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८१ मंगलबार १४:४२, चितवन

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन्। 

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने विचार राखे। उनले भने, ‘विसं २०८४ मा आम निर्वाचन हुनेछ। त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो। होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ।’

निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने जिकिर गरे।

उनले परिवारका आधारमा नभई विचारका आधारमा भएक हुनुपर्ने बताए। उनले भने, ‘कोइराला परिवार एक होइन विचार एक हुनु पर्‍यो। विचार एक भए हुन्छ।’

महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट-उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad