राजनीति


अखिल क्रान्तिकारीमा फेरि बबन्डर, माओवादी पदाधिकारी बैठक बोलाइयो

अखिल क्रान्तिकारीमा फेरि बबन्डर, माओवादी पदाधिकारी बैठक बोलाइयो

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०८१ आइतबार १२:१५, काठमाडौँ

उमेहर हद ३२ वर्ष राख्ने कि नराख्ने भन्ने विषयमा भएको मतदानमा विवाद हुँदा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतगणना स्थगित गरेको छ।

उमेरहदको विषय टुंग्याउन शनिबार देशभर तोकिएको मतदान केन्द्रमा मतदान भएको थियो। तर, केही जिल्लाको परिणाम आउन थालेपछि उजुरी परेको भन्दै मतगणनाा स्थगन गरिएको छ। 

अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीका अनुसार मोरङ, डडेलधुरा लगायतका जिल्लामा मतदान नै हुन नसकेको र अरु कतिपय जिल्लामा गडबडी भएकाले त्यसको उजुरी निर्वाचन समितिमा परेपछि मतगणाना स्थगन भएको जानकारी दिए। 

‘बैतडी र बाजुरमा दुई जना मात्रै उपस्थित भएको तर भएभरका सबै प्रतिनिधिको मत हालेर पठाइदिएको, रुकुममा १०/ १२ जना रुकुममा बाहिर रहे पनि उनीहरुको मत हालिएको, गुल्मीमा मत हाल्न नदिएको भनेर निवेदन आएको छ,’ कार्कीले भने, ‘त्यसउपर छानबिन गर्न माग गरिएको छ।’

विद्यार्थी संगठनमा विवाद देखिएपछि त्यसबारे छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक समेत बोलाएको छ। बैठक आजै दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो।

यसअघि उमेरहद १८, २५, ३२ कति राख्ने भन्नेमा लामो समय विवाद हुँदा माओवादी केन्द्रले ३२ माथि मतदान गरेर जान निर्देशन दिएको थियो।

गत असोज १०-१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको २३ औं सम्मेलनमा उमेर हदको विवाद चर्किँदा कुनै निर्णय नै नगरी बन्दसत्र स्थगन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad