कारोबार


लिपमोटरले बेच्यो १०० वटा लिपमोटर सी१० ईभी

लिपमोटरले बेच्यो १०० वटा लिपमोटर सी१० ईभी

नेपालखबर
पुस १४, २०८१ आइतबार १२:२७, काठमाडौँ

लिपमोटर नेपालले अत्यन्तै छोटो समयमा १०० लिपमोटर सी१० कारहरू सफलतापूर्वक बिक्री गर्दै नेपालको विद्युतीय सवारी साधन क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो मिसनतर्फको महत्त्वपूर्ण उपलब्धिको शुभारम्भ गरेको छ।

यस उपलब्धिले लिपमोटरको नवीनतम प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतामा ग्राहकहरूले देखाएको रुचि र विश्वासलाई पुष्टि गर्ने कम्पनीको भनाइ छ। 

कम्पनीले लिपमोटर सी१० प्रति ग्राहकहरूले देखाएको विश्वासका लागि आभार व्यक्त समेत गरेको छ।

यो उपलब्धिले नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधनप्रतिको माग दिनानुदिन बढिरहेको स्पष्ट संकेत गर्ने कम्पनीको भनाइ छ। उत्कृष्ट उत्पादन र बिक्रीपछिको सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको समेत लिपमोटरले जनाएको छ। 

लिपमोटर परिवार अझै मजबुत हुँदै जाँदा कम्पनीले नवप्रवर्तनात्मक, वातावरणमैत्री सवारी साधन मार्फत ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न केन्द्रित रहिरहने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad