राजनीति


रास्वपाका केन्द्रीय विभाग र आयोगमा ५ जनाको मनोनयन, बोलाइयो विस्तारित बैठक

रास्वपाका केन्द्रीय विभाग र आयोगमा ५ जनाको मनोनयन, बोलाइयो विस्तारित बैठक

नेपालखबर
पुस १२, २०८१ शुक्रबार १८:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले केन्द्रीय विभाग र आयोगमा केही सदस्यहरू मनोनयन गरेको छ।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय संगठन विभाग र अनुशासन आयोगमा सदस्यहरू मनोनयन गरेको हो।

केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका कमलप्रसाद पोखरेल र ताप्लेजुङका हरिचन्द्र भट्टराई मनोनित भएका छन्। उनीहरू दुवै जना अधिवक्ता हुन्।

यस्तै केन्द्रीय संगठन विभागमा लमजुङका धर्म केसी, रूपन्देहीका गोपाल घिमिरे र सिरहाका डा विमल तिवारी मनोनित भएका छन्।

पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक यसै पुस १९, २० र २१ गते बस्ने निर्णय पनि गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

उनका अनुसार, बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए। सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad