राजनीति


अनेरास्ववियूले भन्यो- लिपुलेकमा भारत र चीनबीचको सहमति आपत्तिजनक

अनेरास्ववियूले भन्यो- लिपुलेकमा भारत र चीनबीचको सहमति आपत्तिजनक

अनेरास्ववियूकी अध्यक्ष आरती लामा


नेपालखबर
पुस ११, २०८१ बिहिबार १३:०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत र चीनले नेपाली भूभाग दार्चुलाको लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने भनेर गरेको सहमतिप्रति आपत्ति प्रकट गरेको छ। 

अनेरास्ववियूकी अध्यक्ष आरती लामाले आज विज्ञप्ति जारी गर्दै नेपाली भूमिको विषयमा दुई देशबीच भएको सहमतिप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन्। 

‘चीनको राजधानी बेइजिङमा भारत र चीनका प्रतिनिधिहरुबीच नेपाली भूभागको उपयोगबारे सहमति हुनु, त्यसबारे नेपाल सरकार बेखबर रहनु र विषय सार्वजनिक भइसक्दा समेत सरकारी तवरबाट कुनै प्रतिक्रिया नआउनु अत्यन्त लज्जास्पद भएको हाम्रो संगठनको निष्कर्ष छ,’ लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनेरास्ववियूले छिमेकी मुलुकहरूले मच्चाएको सीमा आतङ्क र हेपाहा प्रवृत्तिविरुद्ध खेद प्रकट गर्दै नेपाल विरुद्धका गतिविधि रोक्न चेतावनी दिन चाहन्छ।’

नेपाली भूभागमाथि भइरहेको अत्याचार विरुद्ध यथाशीघ्र आफ्नो धारणा सार्वजनिक गर्न अनेरास्ववियूले सरकार समक्ष अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad