राजनीति


राप्रपाले बनायो सामाजिक सञ्जाल सञ्चालन कार्यविधि, जथाभावी लाइक-रिट्विट नगर्न निर्देशन

राप्रपाले बनायो सामाजिक सञ्जाल सञ्चालन कार्यविधि, जथाभावी लाइक-रिट्विट नगर्न निर्देशन

नेपालखबर
पुस ९, २०८१ मंगलबार १५:११, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी नलेख्न निर्देशन दिएको छ।

‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८१’ जारी गर्दै राप्रपाले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री सेयर गर्ने, लाइक गर्ने, रिट्विट नगर्न भनेको छ।

कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ, ‘सदस्यले प्रतिस्पर्धी पार्टी, व्‍यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन।’

साथै पार्टीको पद उपयोग गर्दा सामाजिक सञ्जालमा छद्म नाम प्रयोग गर्न नहुने राप्रपाले कार्यविधिमा समेटेको छ।

केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ लाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो।
पार्टीभित्र पछिल्लो समय जथाभाबी लेख्ने प्रवृत्ति बढेकोमा यो कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिको अन्य हुने पार्टीको विश्वास रहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

यस्तो छ राप्रपाको सामाजिक सञ्जालसम्बन्धी कार्यविधि

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad