राजनीति


एउटै व्यक्तिले विद्युतको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति कानुनी रुपमा अन्त्य गर्नुपर्छ : सांसद शर्मा

एउटै व्यक्तिले विद्युतको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति कानुनी रुपमा अन्त्य गर्नुपर्छ : सांसद शर्मा

नेपालखबर
पुस ९, २०८१ मंगलबार १५:१५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्युत अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र त्यसलाई बिक्री वितरण गर्ने कार्य कानुनी रुपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।

मंगलाबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेस गर्दै उनले जलविद्युत क्षेत्रमा विद्युत अनुमतिपत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य एउटा विकृतिको रुपमा रहेको बताए।

‘जलविद्युतमा एउटा विकृति छ, विद्युत अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र त्यसलाई बिक्रि वितरण गर्ने कार्य चलि रहेको छ,’ शर्माले भने, ‘यसलाई रोक्ने गरी कानुनमा व्यवस्था गर्नुपर्छ। एक जना व्यक्तिको आर्थिक क्षमता अनुसार कति काम गर्नसक्छ। त्योअनुसार लाइसेन्स दिने व्यवस्था हुनुपर्छ। त्यस्तो भएमा एक व्यक्तिले लाइसेन्स बिक्रि गर्ने कार्यको अन्त्य हुन सक्छ।’ 


पूर्वअर्थमन्त्री समेत रहेका उनले जलविद्युत उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रुपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए। ‘जल विदयुत् सम्बन्धी केही संशोधन अनुमति उत्पादन यो व्यवस्थालाई रोक्ने कुरा हामीले सैद्धान्तिक रुपमा व्यवस्था गर्नुपर्छ,’ उनको मत छ, ‘यो समग्रमा हामीले सोच्नुपर्ने विषय छ भने अर्को कुरा यहाँ केही प्रतिष्पर्धाका सन्दर्भमा प्रतिष्पर्धा गर्न सही छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad