राजनीति


पार्टीको कार्यविभाजनमा असन्तुष्ट झलनाथ भन्छन्- रेस्टमा थिएँ, मसँग सल्लाह नै गरिएन

पार्टीको कार्यविभाजनमा असन्तुष्ट झलनाथ भन्छन्- रेस्टमा थिएँ, मसँग सल्लाह नै गरिएन

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०८१ मंगलबार १२:५९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टीको कार्यविभाजनमा असन्तुष्ट भएका छन्। 

गत बुधबार सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको थियो। जसमा खनाललाई स्कुल विभाग प्रमुखको जिम्मा दिइएको थियो। 

नेता खनालले भने बैठकका बेला आफू घरमै आराम गरेर बसेको बताए। ‘म त्यो बैठकमा पनि गइनँ, म अहिले रेष्टमा छु,’ खनालले नेपालखबरसँग भने, ‘आजभोलिदेखि मात्रै म काममा सक्रिय हुन्छु। के के निर्णय भएको छ, त्यो मैले बुझ्न नै बाँकी छ।’

उनले कार्यविभाजन गर्दा आफूसँग कुनै परामर्श समेत नभएको भन्दै गुनासो समेत गरे। खनालले भने, ‘मसँग कुनै परामर्श भएन। म अहिले रेष्टमा बसेको छु। यो बैठकमा म उपस्थित नि हुन पाइनँ।’

महासचिव घनश्याम भुसालले ल्याएको कार्यविभाजन प्रस्ताव अध्यक्ष माधव नेपालले टुंग्याएका थिए। जसमा पार्टीमा महत्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी वेदुराम भुसाललाई दिइएको थियो। 

पार्टी उपाध्यक्षमा पराजित रामकुमारी झाँक्रीले भने विद्यार्थी विभागको जिम्मेवारी पाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad