समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश २ को नाम ‘मधेस प्रदेश’ नै हुनुपर्ने बताएका छन्।
नेपालको संविधानले मधेसी पहिचान स्वीकार गरिसकेको बताउँदै उनले प्रदेशको नाम मधेस किन हुन नसक्ने भन्दै प्रश्न समेत उठाएका छन्।
प्रदेश २ को नाम ‘मधेस प्रदेश’ प्रदेशसभाबाट अस्वीकृत भएपछि सामाजिक सञ्जाल ट्विटरमा हिन्दी भाषामा ट्विट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्।
प्रदेश २ को नामलाई लिएर पूर्वमओवादीका र पूर्व नयाँशक्तिका नेताहरुको मौनतालाई लिएर प्रश्न समेत उनले उठाएका छन्।
‘जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता? हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं? और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा, रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं? कुछ तो शरम करो यारो!’, समाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराइले लेखेका छन्।
जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता?हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं?कुछ तो शरम करो यारो!
— Baburam Bhattarai (@brb1954) March 18, 2020भट्टराई नेतृत्वको समावादी पार्टी र राजपाले प्रदेश २ लाई ‘मधेश प्रदेश’ नामाकरण गर्ने प्रस्ताव गरेका थिए। मंगलबार भएको मतदानमा ‘मधेश प्रदेश’को पक्षमा मात्र ६० मत र विपक्षमा ४६ मत परेको थियो। १ सय ७ सदस्य रहेको प्रदेश २ को प्रदेशसभामा नेकपा, कांग्रेस र स्वतन्त्र संसदले राखेको प्रस्तावपनि अस्वीकृत भएको थियो।
नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले मध्य मधेश नाम प्रस्ताव गरेका थिए।

प्रतिक्रिया