समाज


कोरोना महामारी नेपालसहित दक्षिण पूर्वी एसियातर्फ सोझिँदैछ, सतर्क होऊः डब्ल्यूएचओ

कोरोना महामारी नेपालसहित दक्षिण पूर्वी एसियातर्फ सोझिँदैछ, सतर्क होऊः डब्ल्यूएचओ

नेपालखबर
चैत ५, २०७६ बुधबार ५:४१,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ।

दक्षिण पूर्वी एसियाली देशमा कोभिड-१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने चेतावनी डब्ल्यूएचओले दिएको हाे। 

डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनेकी छिन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ। हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ।’

corona chart final 5

यो संक्रमण फैलिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छिन्। यी देशले स्पष्ट रूपमा धेरै काम तत्काल गर्नुपर्ने देखिएको उनको सुझाव छ।

डब्ल्यूएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ। तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ। जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन्।

यस्तै इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन्। यस्तै नेपाल र भुटानमा पनि १/१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ।

यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारले दाबी गरिरहेको छ।

याे पनि : 

नेपालमा कोरोना परीक्षणः २५ जनाको रिपोर्ट आज आउँदै, कस्तो आउला?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad