राजनीति


रविविरुद्ध मुद्दा दायर भएपछि रास्वपा सचिवालयले गर्‍यो ३ निर्णय, डीपीलाई रविको शुभकामना

रविविरुद्ध मुद्दा दायर भएपछि रास्वपा सचिवालयले गर्‍यो ३ निर्णय, डीपीलाई रविको शुभकामना

नेपालखबर
पुस ८, २०८१ सोमबार १८:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार दिउँसो बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले तीन निर्णय गरेको छ।

बैठकपछि कार्यवाहका प्रवक्ता मनीष झाले दिएको जानकारी अनुसार, पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा बैठकमा संक्षिप्त ब्रिफिङ गरिएको थियो। त्यसपछि अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय रास्वपाले गरेको छ। साथै, न्यालयबाट न्याय पाउनेमा पार्टीले विश्वास राखेको उनले जानकारी दिए।

बैठकमा सभापति लामिछानेद्वारा पार्टी उपसभापति डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकिएको व्यहोरा पार्टी सचिवालयलाई जानकारी गराइएको थियो। यस सम्बन्धमा सम्बन्धित सबैमा जानकारी गराउने निर्णय गरिएको पनि झाले बताए।

बैठकपछि झाले सार्वजनिक गरेको तीन बुँदे वक्तव्यमा लेखिएको छ, ‘पार्टी विधान, २०७९ (संशोधन २०८१) को धारा २५ (४) (क) (९) बमोजिम मिति २०८१।०९।०६ गते पार्टी सभापतिले अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोराको पत्र जिल्ला अदालत कास्कीको रोहवरमा कार्यवाहक महामन्त्रीमार्फत केन्द्रीय समितिलाई जानकारी गराइएको छ। उक्त पत्रमा पार्टी सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुने अपेक्षासहित शुभकामना समेत व्यक्त गर्नुभएको छ।’

पार्टीको आगामी केन्द्रीय समितिको बैठक यथाशीघ्र राख्ने गरी तयारी गर्ने निर्णय गरियो पनि झाले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad