राजनीति


सरकार ढल्ने कुरा काग कराएजस्तै हो : सञ्चारमन्त्री गुरुङ

सरकार ढल्ने कुरा काग कराएजस्तै हो : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
पुस ७, २०८१ आइतबार १७:४८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार ढल्छ भन्नु काग कराए जस्तै भएको टिप्पणी गरेका छन्।

आइतबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै जाने दाबी गरे। उनले अहिलेको सरकार बनेको मन नपराउनेहरूले नै सरकार ढल्ने भ्रम फैलाएको बताए।

उनले राष्ट्रिय संकट निवारणका लागि दुई राजनीतिक दलबीच सहमति भएकाले सरकार ०८४ सम्मै टिक्ने उनको भनाइ थियो।

उनले भने, ‘सरकार बनेको दिनदेखि दुईवटा कुरा चलिरहेको हुन्छ, यो सरकार ढल्दैन र यो सरकार ढल्छ भन्ने। सबै पार्टीले छोडेर गए पनि दुई ठूला राजनीतिक दलहरू मिलेका छौँ। त्यसैले यो सरकार ढल्दैन। किनभने १६७ सिट त हुन्छ। तेस्रो, चौथो पार्टीलाई गुहारिराख्नुपरेन। सांसदहरूको चाकडी गरिरहनुपरेन। मन्त्री, पार्टीका नेताहरूलाई फकाइराख्नुपरेन। राष्ट्रिय संकट निवारणका लागि हामी २ वटा पार्टी भइरहनुपर्छ भन्ने ठानेसम्म यो सरकार ढल्दैन। काग त कराउँदै गर्छ, पिनास सुक्दै गर्छ। हात्ति लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ। यो यस्तै हो। सरकार गिर्छ, सरकार गिर्छ भनेको काग कराएजस्तै हो। यो सरकार चलिरहन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad