उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आफ्ना कोरियाली समकक्षी इन्क्यो च्योङको निमन्त्रणामा उनी कोरिया भ्रमणमा थिए। भ्रमणका क्रममा नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन ‘फ्रेमवर्क’ (टीआईपीएफ) सम्झौतामा हस्ताक्षर भएको थियो।
मन्त्री भण्डारीले त्यहाँ रहँदा कोरियाका लगानीकर्ताहरुसँग छलफल गर्नाका साथै नेपालमा लगानी गर्न आग्रह गरेका थिए। साथै उनले कोरियामा नेपाली वस्तुको प्रवर्द्धनका लागि त्यहाँका चेम्बर पदाधिकारीसँग पनि विचारविमर्श गरेका थिए।
यसैबीच, नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न बिहीबार नै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कोरिया इम्पोटर्स एसोसिएशनका अध्यक्ष बुवाङ कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। रासस

प्रतिक्रिया