राजनीति


संघीयतापछि सरकारी निकायहरूबीच समन्वयको अभाव देखियोः मुख्यसचिव अर्याल

संघीयतापछि सरकारी निकायहरूबीच समन्वयको अभाव देखियोः मुख्यसचिव अर्याल

नेपालखबर
पुस ४, २०८१ बिहिबार १२:२१, काठमाडौँ

सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरूबीच समन्वयको अभाव देखिएको बताएका छन्।

बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुराहरू अलमलमा रहेको उल्लेख गरे।

स्थानीय तहले बनाएका कानुनहरू पनि विवादित रहेको उनको भनाइ थियो। संघीय कानुनभन्दा विपरीत कानुन बनाउन नपाइने भए पनि त्यसअनुसारको कानुन नबनेको धारणा पनि उनले राखे। 

उनले भने, ‘संघीयता आइसकेपछि गभर्नेन्स सिस्टममा कोर्डिनेसनको ज्यादै अभाव देखिएको छ। भनेको छ, संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व। तर धेरै कन्फ्युजनहरू क्रिएट भएको छ। पालिकाहरूले कानुन त बनाउनुभएको छ तर तिनै पालिकाहरूको कानुनको बीचमा पनि विवाद छ। संघीय कानुनभन्दा विपरीत कानुन बनाउन पाइँदैन भन्ने छ। तर उहाँहरूले निर्माण गरेका कानुनहरू कहिलेकाहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ। हामीले एक आपसमा विश्वास नै आर्जन गर्न सकेनौँ।’

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad