राजनीति


जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री

जीबी राईलाई फर्काउने कोसिस  भइरहेको छः गृहमन्त्री

नेपालखबर
पुस ३, २०८१ बुधबार १३:३७, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा मुछिएका जीबी राईलाई पनि नेपाल फर्काउने प्रयास भइरहेको बताएका छन्। 

बुधबार एक कार्यक्रममा बोल्दै उनले आफूहरु कुनै एक मानिसमा मात्रै केन्द्रित नभएर सहकारी ठगीका सबै मुद्दामाथि अनुसन्धान भइरहेको बताए।

‘एकजना मानिसकामाथि मात्रै अनुसन्धान भएको होइन, सहकारीको ठगी, हिनामिना गर्ने सयौं मान्छेमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘जीबी राईलाई पनि फर्काउने कोसिस भइरहेको छ। हामीले गर्ने कुराहरु गरिराखेका छौं। त्यसका बारेमा अगाडि के हुन्छ, हेरौं।’

सहकारी ठगीको आरोप लागेपछि राई बेपत्ता छन्। उनी मलेसियामा रहेको बताइए पनि उनलाई अझैसम्म नेपाल फर्काउन सकिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad