राजनीति


सांसदहरू निजी काममा बढी सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भयो : सभामुख

सांसदहरू निजी काममा बढी सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भयो : सभामुख

नेपालखबर
पुस १, २०८१ सोमबार १३:१९, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका साथ काम गर्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। उनले सांसदहरू निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको गुनासो पनि गरे।

सभामुख घिमिरेले भने, ‘संसदीय अभ्यासमा विधेयकबाट कानुन बनाउने सवालमा संसदीय समितिहरू हुन्छन्। ती समितिहरू अहिले पनि कार्यरत छन्। अहिले हाम्रो समितिमा पर्याप्त विधेयक छैनन्। तथापि १५-२० वटा विधेयक समितिको छलफलको क्रममा छन्। ती विधेयकमाथि छलफल नै अगाडि बढेन। समितिको कोरम नै पुगेन। र सांसहरू संसदप्रति उत्तरदायी भएनन् भनेर बाहिर टीकाटिप्पणीहरू भइरहेका छन्। यसका लागि सिंगो संसद र सभामुखको नाताले प्रतिनिधि सभाका यी समितिहरूप्रति मेरो ध्यान गएको छ। समितिहरूलाई नियमित ढंगबाट सञ्चालन गर्नका लागि पटकपटक भन्दै आएको छु।’

उनले संसद र समितिहरूलाई प्रभावकारी बनाउन सबै सांसदले भूमिका खेल्न जरुरी रहेको धारणा पनि राखे। विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक छिटो ल्याउन आफूले निरन्तर निर्देशन दिइरहेको तर सांसदहरूको ध्यान नपुग्दा ढिलाइ भइरहेको उनको भनाइ छ।

उनले भने, ‘संघीयतामा चारैतिरबाट प्रश्न उठेका बेला संघीयतालाई आवश्यक पर्ने विधेयकहरू ल्याउन छलफल गरिरहेको छु। विद्यालय शिक्षा विधेयक शिक्षा समितिमा छलफलमा छ। त्यसमा भइरहेका समस्याहरू के हुन्? मैले बारम्बार निर्देशित गर्ने काम गरेको छु। त्यसैगरी निजामती सेवा विधेयकलाई सम्पन्न गर्नको लागि सम्बन्धित समितिलाई भनिरहेको छु। अहिले पूर्वाधार विकास समितिमा केही मात्र विधेयक छन्। ती विधेयकलाई संसद चल्नुभन्दा पहिले प्रतिवेदन दिने सहमति गर्नुभएको छ। सांसदहरू निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने संसदीय गतिविधिमा कम आउने, समितिहरूमा कोरम नपुग्ने, समितिलाई महत्त्व नदिने, ऐन कानुनहरू बनाउने कुरामा सांसदहरूले ध्यान दिनुभएको छैन भन्ने बाहिर परिरहेको छ। यो बाहिर पनि केही समस्याहरू छन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad