राजनीति


एमालेले तीन महिने ‘वडाकेन्द्रित अभियान’ सञ्चालन गर्ने

एमालेले तीन महिने ‘वडाकेन्द्रित अभियान’ सञ्चालन गर्ने

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार २०:४५, काठमाडौँ

सत्तारुढ दल नेकपा (एमाले) ले माघदेखि चैतसम्म तीन महिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।

आइतबार सम्पन्न एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाबाट ६ बुँदे निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको हो।

प्रदेश, जिल्ला जनसंगठन र जनप्रतिनिधिहरू सहित ३०० जनाको सहभागितामा सम्पन्न कार्यशालामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखेललगायत नेताहरूले सम्बोधन गरेका थिए।

राष्ट्रिय कार्यशालामा संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेका विभागका सचिव माधव प्रसाद ढुंगेलले जनाएका छन्।

यस्तो छ कार्यशालाको घोषणा
१) यो राष्ट्रिय कार्यशाला निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि माघ देखि चैत्र सम्म ३ महिने ‘वडा केन्द्रित अभियान’ सञ्चालन गर्ने संकल्प गर्दछ।

२) यो राष्ट्रिय कार्यशाला आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन’ अभियान सञ्चालन गर्ने संकल्प गर्दछ।

३) यो कार्यशाला २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फागुन चैत्र महिना भित्रै विधिसम्मत र प्रकृया सम्मत ढंगले सम्पन्न गर्ने संकल्प गर्दछ।

४) यो कार्यशाला २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरुलाई अनलाइनमा ल्याउने संकल्प गर्दछ।

५) यो कार्यशाला २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्दछ।

६) यो कार्यशाला पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad