हिन्द महासागरमा अवस्थित मेयोट टापुमा चक्रवात चिडोका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ। मेयोट टापुमा फ्रान्सको नियन्त्रण छ।
फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार चक्रवात चिडो चक्रवात १०० वर्षमा यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली आँधी हो।
चिडो आँधीका बेला हावाको गति २२५ किलोमिटर प्रतिघण्टा थियो। आँधीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
हावाहुरीका कारण मेयोत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ भने स्वच्छ खानेपानीको पनि अभाव भएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशको प्रशासन मेयोट क्षेत्रका जनताका पक्षमा रहेको बताएका छन्।
फ्रान्सेली अधिकारीहरूले २५० अग्नि नियन्त्रक र सुरक्षाकर्मीलाई मेयोटमा पठाइएको बताएका छन्।
फ्रान्सका गृहमन्त्री ब्रुनो रिटेलले मेयोटमा रहेका सबै अस्थायी घर पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिएका छन्। उनले हावाहुरीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका समेत व्यक्त गरेका छन्।
उनले भने, ‘सन् १९३४ देखि मेयोटमा यस प्रकारको हावाहुरी आएको छैन। पहाडको भिरालोमा बनेका अस्थायी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। माथिबाट पानी बग्ने भएकाले उनीहरूको अवस्था अस्तव्यस्त बनेको छ। यो विपत्ति हो।’
Shares

प्रतिक्रिया