मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेका हुन्।
उनले ट्वीटमा भनेका छन्,‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ। हामी पहिलेभन्दा अझ बलियो बन्नेछौं।’
ट्रम्पले विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसलाई चाइनिज भाइरस भनेपछि उक्त ट्वीट जातिवादी भएको भन्दै ट्रम्पको विश्वभरबाट आलोचना भइरहेको छ।
ट्रम्पले यसअघि कोरोना भाइरसलाई विदेशी भाइरसको संज्ञा दिएका थिए।
कोरोना भाइरस चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलोपटक देखिएको थियो। हालसम्म यस भाइरसका कारण १ लाख ८२ हजार ७२५ संक्रमित बनिसकेका छन्। यसका कारण ७ हजार १७४ को मृत्यु भइसकेको छ।
The United States will be powerfully supporting those industries, like Airlines and others, that are particularly affected by the Chinese Virus. We will be stronger than ever before!
— Donald J. Trump (@realDonaldTrump) March 16, 2020यो भाइरस विश्वका १ सय ५० भन्दा बढी मुलुकमा फैलिसकेको छ। पछिल्लो समय युरोपमा यस भाइरस सक्रिय छ।
अमेरिकामा पनि कोरोनाका कारण ९३ जनाको मृत्यु भएको छ भने ४ हजार ७२७ संक्रमित छन्।
सन् २०१८ यता अमेरिका र चीन व्यापार युद्धमा होमिएका छन्। ट्रम्पको पछिल्लो ट्वीटले दुवै राष्ट्रको सम्बन्धमा थप तनाव उत्पन्न हुने अनुमान गरिएको छ।
केही हप्तायता अमेरिका र चीन आरोप र प्रत्यारोपमा पनि उत्रिएका छन्। चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले जब अमेरिकी सेनाले चीनमा भाइरस फैल्याएको अरोप लगाए त्यस बेलादेखि अमेरिका र चीन गलत प्रचारको लडाइँमा होमिएका छन्।
प्रतिक्रिया