राजनीति


झापाबाट ओलीको कटाक्ष- देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन

झापाबाट ओलीको कटाक्ष- देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १७:९, झापा

प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नभएको भनी कटाक्ष गरेका छन्।

आफ्नो गृहजिल्ला झापाको दमकमा निर्मित व्यापारिक कम्प्लेक्सलाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने भन्दै उनले देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो नहुने टिप्पणी गरेका हुन्।

‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन,’ उनले भने, ‘हामीले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न दिँदैनौँ।’

 

उक्त कार्यक्रममा उनले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको र केही समयपछि भारत जाने जानकारी पनि दिएका छन्। 

उनी चार दिने चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएका हुन्। उनको चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad