राजनीति


न्यायालय लयमा फर्कियो, अब गरिमामय बनाउनु पर्छ : प्रधानन्यायाधीश राउत

न्यायालय लयमा फर्कियो, अब गरिमामय बनाउनु पर्छ : प्रधानन्यायाधीश राउत

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १६:५४, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताबताएका छन्।

शनिवार जरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लयमा फर्किएको न्यायालय मात्रै आफूहरूले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले न्यायालय आफैँ गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानून व्यवसायीहरुको भएको बताए।

गरिमामय न्यायालय, स्वच्छ न्यायालउको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको बताए।

उनले भने, ‘तपाईं हाम्रा अथक प्रयासबाट न्यायालय लयमा फर्किएको छ। लयमा फर्किएकोमा मात्रै चित्त बुझाउने हो की? न्यायालयलाई गरिमामय पनि बनाउने हो? यो आफैँ गरिमामय त बन्दैन है। न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामीलाई सुम्पिएको छ। अब यहीँनेर हामीले आफूलाई निर्मम तवरले समीक्षा गर्नुपर्ने देखिन्छ।’

उनले थपे, ‘हामी हाम्रो न्यायालयलाई गरिमामय बनाउन गइरहेका छौँ की छैनौँ, हाम्रा गतिविधि र भुमिकाहरु त्यसतर्फ उन्मुख छन् की छैनन्? प्रवुद्ध वर्गले यो विचार गर्नुपर्ने भएको छ। गरिमामय न्यायालयको वा स्वच्छ न्यायालयको वा पवित्र न्यायालयको न्यायमूर्ति हुने चाहना राख्ने हो भने हामीसँग त्यसले त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकताको डिमाण्ड गर्दछ। त्यसका लागि हामी तयार छौँ? म तयार छु। साथ सहयोग पाए र तपाईंहरुसँग सहकार्य गर्नसके न्यायालय गरिमामय नहुने कुरै छैन। एक पटक प्रयास त गरौँ।’

प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताहरूले नैतिकताको लक्ष्मण रेखाभित्र आफूलाई राख्न सक्नुपर्ने बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad