राजनीति


विषयविज्ञ र प्राविधिकको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायन बढ्यो : भट्टराई

विषयविज्ञ र प्राविधिकको सही सदुपयोग गर्न नसक्दा बौद्धिक पलायन बढ्यो : भट्टराई

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १४:५५, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।

उनले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुको समाधान गर्न प्रविधि र विषय विज्ञहरुको अधिकतम प्रयोग गर्नुपर्ने बताए।

उनले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने बताए।

अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताए।

अध्यक्ष भट्टराईले भने, ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ। यो पेसा सामान्य जीवनयापनको पेशा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान अभियान र कर्म पनि हो। तर दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिव देशले ब्रेन ड्रेन अर्थात बौद्धिक पलायनको गम्भिर समस्याहरु भोग्नु परिरहेको अवस्था छ।’

अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad