ग्लोबल


‘विद्रोह’को आरोपमा दक्षिण कोरियाली राष्ट्रपतिमाथि प्रहरीले थाल्यो अनुसन्धान

सेनाप्रमुखले पनि दिए राजीनामा
‘विद्रोह’को आरोपमा दक्षिण कोरियाली राष्ट्रपतिमाथि प्रहरीले थाल्यो अनुसन्धान

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १५:४,

जंगी शासन घोषणा गरेर केही घण्टापछि फिर्ता लिएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलमाथि प्रहरीले ‘विद्रोह’को आरोपमा अनुसन्धान थालेको छ।

विद्रोह गम्भीर आरोप हो र पुष्टि भएमा मृत्युदण्ड समेत हुन सक्छ। 

विपक्षी पार्टीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएपछि अनुसन्धान थालिएको हो। तर, पदमा बहाल राष्ट्रपतिमाथि अनुसन्धान गर्नु कठिन काम हो। 

किनकि राष्ट्रपतिले प्रहरी प्रमुख र सरकारी वकिल बर्खास्त गर्न सक्छन्।

तर, युन पदबाट हटेपछि भने उनीमाथिको छानबिन सहज हुनेछ। 

उसो त युन आफैँ चुनाव अघिसम्म महान्यायाधिवक्ता थिए।

युनले बिहीबार रक्षामन्त्री किम योङ हुनको राजीनामा स्वीकृत गरेका छन्। जसले उनलाई जंगी शासन लगाउने सल्लाह दिएको बताइएको छ।

त्यस्तै, दक्षिण कोरियाली सेनाप्रमुख पार्क आन सुले पनि राजीनामा दिएका छन्। उनलाई जंगी शासनको कमान्डर बनाइएको थियो।

तर, बिहीबार संसदसामु उनले मंगलबारको राष्ट्रपति युनको घोषणासँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्। आफूले समाचारबाट मात्र सो घोषणाको जानकारी पाएको उनको दाबी छ।=-

‘हामी सैन्य विज्ञ हौँ। तर, हामी सैन्य शासनका विज्ञ होइनौँ,’ सैन्य शासनको आदेश मसौदा गर्नमा आफू संलग्न नरहेको बताउँदै उनले भनेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad