प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को संग्रहालय अवलोकन गरेका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बेइजिङस्थित संग्रहायलयको अवलोकन गरेका हुन्। प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्य, प्रतिनिधिमण्डलमा रहेका विभिन्न दलका सांसद तथा नेपालका सरकारी अधिकारीहरू पनि संग्रहालय अवलोकनमा पुगेका थिए।
यो संग्रहालय सीपीसीको केन्द्रीय प्रोपोगान्डा (प्रचार) विभागले व्यवस्थान गरिरहेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा आधारित यो संग्रहालय ३ वर्षअघि मात्र सञ्चालनमा आएको हो।
चार दिने भ्रमण सकेर प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।


39
Shares

प्रतिक्रिया