राजनीति


ककनी-२ को अध्यक्षमा कांग्रेसलाई पराजित गर्दै माओवादी विजयी

ककनी-२ को अध्यक्षमा कांग्रेसलाई पराजित गर्दै माओवादी विजयी

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १०:३२, काठमाडौँ

नुवाकोटको ककनी गाउँपालिका- २ को अध्यक्षमा माओवादी केन्द्रका कृष्ण घिमिरे विजयी भएका छन्। 

नेपाली कांग्रेसका सूर्य तामाङलाई पराजित गर्दै यहाँ माओवादी केन्द्रका घिमिरे विजयी भएका निर्वाचन आयोगले जनाएको छ। 

घिमिरेले १ हजार ८५ मत पाउँदा तामाङले ५८७ मत ल्याएका छन्। एमालेका यमबहादुर लामा तेस्रो भएका छन्। उनले ३४१ मत ल्याएका छन्। यहाँ रास्वपाका मंगल सिद्धि तामाङले ८३ मत मात्रै प्राप्त गरेका छन्। 

०७९ सालमा भएको स्थानीय तहको चुनावमा ककनी २मा कांग्रेसका तिलकबहादुर लामाले ८ सय ८८ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला माओवादी केन्द्रका घिमिरेले ७३४ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad