राजनीति


सुदूरपश्चिमका ५ स्थानमा शान्तिपूर्वक मतदान हुँदै

निर्वाचनकाे मैदानमा छन् २६ उम्मेदवार
सुदूरपश्चिमका ५ स्थानमा शान्तिपूर्वक मतदान हुँदै

शान्ति निकेतन माध्यमिक विद्यालय भिमदत्त- ६ कञ्चनपुर मतदान केन्द्र


गोकुल जोशी
मंसिर १६, २०८१ आइतबार ९:३६, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका ५ स्थानमा जनप्रतिनिध छान्नका लागि आइतबार बिहान सात बजदेखि मतदान भइरहेको छ। अहिले मतदान शान्तिपूर्वक जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुदूरपश्चिमका ५ स्थानमा उम्मेदवार चुनावी मैदानमा छन्। मतदानका लागि १० वटा मतदास्थल र २२ वटा मतदान केन्द्र राखिएका छन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि मतदान जारी छ। 

सुरक्षा दृष्टिकोणले संवेदलशील मानिएको यो क्षेत्रमा एसपी सरोज पौडेलको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। 

यहाँ ५ मतदानस्थल र ९ मतदान केन्द्र राखिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। स्वामीकार्तिक खापरमा ७ हजार ४ सय ६० मतदाता छन्।

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षको छान्न हुने उपचुनावका लागि  एउटा मतदानस्थलमा दुई केन्द्र राखिएका छन्। यहाँ १ हजार ५ सय ५४ मतदाता छन्।

नेपाली कांग्रेसका धिरेन्द्र पुजारा, नेकपा एमालेका लखीचन्द्र बोहरा र नेकपा माओवादी केन्द्रका पुष्करबहादुर बोहरा उम्मेदवार छन्।

दार्चुलाको दुहुँ गाउँपालिका–५ को अध्यक्षको उपचुनावका लागि एउटा मतदानस्थलमा दुई केन्द्र राखिएको छ। यहाँ १ हजार २ सय ७२ मतदाता छन्।

दुहुँ गाउँपालिका–५ को अध्यक्षका लागि ४ जना उम्मेदवार चुनावी मैदानमा छन्। नेपाली कांग्रेसका धनसिंह कुँवर, नेकपा एमालेका मानसिंह बडाल, नेकपा माओवादी केन्द्रका विरसिंह कार्की र स्वतन्त्र लालबहादुर कुँवर उम्मेदवार छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को अध्यक्षको लागि नेपाली कांग्रेसका मोहन थापा, नेकपा माओवादी केन्द्रका देवीलाल थापा, नेकपा एमालेका देवीबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्का कुँवर उम्मेदवार छन्।

२ मतदानस्थल र ३ केन्द्र राखिएको यहाँ १ हजार ५ सय ९३ मतदाता छन्।

भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि दुई स्वतन्त्रसहित १२ जना उम्मेदवार छन्। भीमदत्त नगरपालिका–६ मा एउटा मतदानस्थलमा ६ केन्द्र राखिएका छन्। भीमदत्त नगरपालिका–६ मा ५ हजार ४ सय ३४ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad