नेकपा (माओवादी केन्द्र) का कीर्तिपुर नगरपालिका मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले मतदान गरेका छन्।
कीर्तिपुर नगरपालिका- १० नम्बर वडास्थित जगत महापाल मतदान केन्द्रमा पुगेर केहीबेर अघि महर्जनले मत खसालेका हुन्।
मत खसालेपछि उनले ढुक्क भएर मतदान गर्न मतदातालाई अनुरोध गरे।
कीर्तिपुरको मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ८ दल र १० स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।
कीर्तिपुरको मेयर र दुईवटा वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो। कीर्तिपुरको वडा नम्बर १ र ४ मा पनि वडाध्यक्ष पद रिक्त छ।
कीर्तिपुरको मेयरमा सत्तारुढ नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धर र नेपाली कांग्रेसबाट कृष्णमान डंगोल उम्मेदवार छन्।
324
Shares

प्रतिक्रिया