राजनीति


नेपाल-चीन विदेशमन्त्रीस्तरीय भेट छेन्दुमा हुने, राणा भोलि उड्ने

नेपाल-चीन विदेशमन्त्रीस्तरीय भेट छेन्दुमा हुने, राणा भोलि उड्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८१ बुधबार १८:१६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि बिहीबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाँदै छिन्।

मन्त्री राणा र चिनियाँ समकक्षी वाङ यीसँग शुक्रबार द्विपक्षीय भेट हुँदै छ। उक्त भेट भने राजधानी बेइजिङमा नभएर छेन्दुमा हुने भएको छ।

मन्त्रालय स्रोतका अनुसार, मन्त्री राणा बिहीबार छेन्दुका लागि प्रस्थान गर्ने भएकी छन्।

विदेशमन्त्रीस्तरको भेटवार्तापछि राणा स्वदेश फर्किने र मंसिर १७ गते प्रधानमन्त्री ओलीसँगै बेइजिङ जाने कार्यक्रम तय भएको छ।

परराष्ट्र स्रोतले नेपालखबरसँग भन्यो, ‘उता (चिनियाँ) विदेशमन्त्रीज्यूको छेन्दुमा कार्यक्रम परेछ। त्यसैले भेटवार्ता बेइजिङको सट्टा छेन्दुमा हुने भएको हो। बाँकी कार्यक्रम यथावत् छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad