गुजरातका ब्याट्सम्यान उर्विल पटेल टी-२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी बनेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार त्रिपुराविरुद्ध सैयद मुस्ताक अली ट्रफीको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। उर्विलले आफ्नो पारीमा १२ छक्का प्रहार गरेका थिए। उर्विलले २८ बलमा शतक पूरा गरे।
यसअघि भारतीय क्रिकेटर ऋषभ पन्तको नाममा टी-२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान थियो। पन्तले २०१८ मा हिमाचल प्रदेशविरुद्ध दिल्लीबाट खेल्दा ३२ बलमा शतक बनाएका थिए।
उर्विल पटेलले ३५ बलमा ११३ रन बनाएका छन्।
पहिले ब्याटिङ गरेको त्रिपुराले गुजरातलाई १५६ रनको लक्ष्य दिएको थियो। जसलाई गुजरातको टोलीले १०.२ ओभरमै पूरा गर्यो।
1.5k
Shares

प्रतिक्रिया