राजनीति


सेवानिवृत्त भए सहरी विकास मन्त्रालयका सचिव गेलाल

सेवानिवृत्त भए सहरी विकास मन्त्रालयका सचिव गेलाल

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १६:४७, काठमाडौँ

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त भएका छन्। 

०५२ सालमा सेवाप्रवेश गरेका गेलाल ५८ वर्षे उमेर हदका कारण बुधबारबाट सेवानिवृत्त भएका हुन्। 

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उनलाई विदाइ गरेका छन्। 

उपप्रधान एवम् सहरी विकासमन्त्री सिंहले सचिव गेलालसँगको छोटो अवधिको सहकार्य स्मरणीय रहेको बताए। 

गेलालको व्यावसायिक क्षमताको प्रशंसा गर्दै निवृत्त जीवनका लागि शुभकामना दिए। 

गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना बिताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad