प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल एक्सका मालिक इलोन मस्कसँग संवाद गरेका छन्।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले अमेरिकाका खर्बपति मस्कसँग भर्चुअल संवाद गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले मस्कमार्फत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्पर्क बढाएको सचिवालयको भनाइ छ।

मस्कले ट्रम्पलाई राष्ट्रपतिमा दोस्रोपल्ट निर्वाचित गराउन विशेष भूमिका खेलेका थिए। यही भूमिकाका कारण उनलाई 'किङमेकर' भनेर समेत भन्न थालिएको छ।
ट्रम्प प्रशासनमा सरकारी नियुक्ति र सरकारका एजेन्डालाई आकार दिन मस्कको भूमिका प्रभावशाली बन्दै गएको छ। राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले मस्कलाई डिपार्टमेन्ट अफ गभर्न्मेन्ट इफिसियन्सीको जिम्मा दिएका छन्।
279
Shares

प्रतिक्रिया