राजनीति


पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार २३:५३, काठमाडौँ

नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले निजामती सेवाबाट दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्यालले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको एकजना मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

गएको आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनी राजीनामा दिएर फर्किएका थिए।  

मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए। ३८ करोड घोटाला भएको भनिएको उक्त प्रकरणका ११ अभियुक्तमध्ये अर्याल नै सबैभन्दा उपल्ला अधिकारी थिए। 

अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो।

गत कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो। 

अदालतबाट सफाइ पाएको पत्र लिएर उनी कात्तिक २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए। उनको दरबन्दी योजना आयोग सारेर नयाँ मुख्य सचिवमा एकनारायण अर्याललाई बढुवा गरिसकिएकाले उनले त्यहाँ हाजिर गर्न पाउने अवस्था थिएन। 

त्यसपछि उनले योजना आयोगका लागि रमाना बुझेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad