समाज


काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार ४:५४, काठमाडौँ

गएराति काठमाडौँमा भूकम्प गएको छ। 

बिहीबार राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौँको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा लेखेका छन्।

सानो म्याग्निच्युडको भएपनि केन्द्रविन्दु नजिक भएकाले यो भूकम्पको धक्का काठमाडौँसहित आसपासका जिल्लामासमेत महसुस भएको छ। 

बिहीबार बिहान १० बजेर १३ मिनेटमा जाँदा कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.२ म्याग्निच्युडको थियो।

काठमाडौँमा धेरै समयपछि गएराति भूकम्पको धक्का महसुस भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad