राजनीति


कांग्रेसले उपनिर्वाचन जितेर जनताको विश्वास आर्जन गर्नुपर्छ : नैनसिंह महर

कांग्रेसले उपनिर्वाचन जितेर जनताको विश्वास आर्जन गर्नुपर्छ : नैनसिंह महर

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १४:१८, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले उपनिर्वाचनमा जित हासिल गर्दै पार्टीले जनताको विश्वास आर्जन गर्नुपर्ने बताएका छन्।

पार्टीको सय दिने विशेष अभियानअन्तर्गत कांग्रेस जिल्ला कार्यसमिति इलामद्वारा आयोजित कार्यक्रममा महरले आम निर्वाचनको दुई वर्षपछि यही मंसिर १६ मा हुने उपचुनाव मिनी चुनाव भएको भन्दैकांग्रेसले आफूलाई सक्षम साबित गर्न जितको विकल्प नभएको बताए।

‘मंसिर ५ को उपनिर्वाचन मिनी चुनाव हो। आम निर्वाचन भएको ठीक दुई वर्षपछि उपनिर्वाचन हुँदैन। कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो। कांग्रेसले आफ्नो हैसियत राख्न जनताको विश्वास आर्जन गर्न जरुरी छ। त्यसका लागि पार्टी एकबद्ध भएर सक्रिय हुनुपर्छ। कोही कतै चुक्नु हुँदैन। हामी चुकेनौं भने जित सुनिश्चित छ,’ उनले भने।

पार्टीभित्रका आन्तरिक  विकृति हटाउने र आफैँ शक्तिशाली पार्टी बनेर एक्लै चुनाव लड्नका लागि वातावरण सिर्जना गर्ने उद्देश्यका साथ थालिएको सय दिने अभियानको बीचमा उपनिर्वाचन भइरहेको उनको भनाइ छ। उपनिर्वाचनको परिणामले सय दिने कार्यक्रम कति प्रभावशाली बन्न सफल भयो भन्ने झल्किने उनले बताए।

पार्टीको संगठन चुस्त–दुरुस्त बनाउने, जनताका गुनासा सुन्ने र आफूलाई परिष्कृत गर्दा सहजै शक्तिशाली पार्टी बन्न सकिने महरको भनाइ छ।  संविधान संशोधनलगायत विषयमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad