राजनीति


स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

उपनिर्वाचनका लागि मनोनयनको तस्बिर


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार ८:१२, काठमाडौँ

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (मंसिर ४ गते) उम्मेदवारको नामावली प्रकाशन गरिदिँदै छ। 

निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो। 

यसअघि सोमबार (मंसिर ३ गते) उम्मेदवारविरुद्ध उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम थियो। अब आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो। 

यसपछि भोलि मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। अनि यही दिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। 

यसपछि मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

निधनलगायत विभिन्न कारणले देशका विभिन्न स्थानीय तहमा रिक्त ४४ स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो। 

उक्त उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ जना निर्वाचित गर्नेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad